राष्ट्रपतिद्वारा राजेश अहिराजको ठाउँमा हरिशंकर मिश्र प्रदेश २ प्रमुख नियुक्त – Nepal Press

राष्ट्रपतिद्वारा राजेश अहिराजको ठाउँमा हरिशंकर मिश्र प्रदेश २ प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज झा लाई पदमुक्त गरेकी छन् । उनको ठाउँमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषदको सोमबारको बैठकले अहिराजलाई हटाएर मिश्रलाई प्रदेश २ को नयाँ प्रदेश प्रमुखका रुपमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिस बमोजिम अहिराजलाई हटाएर नयाँ प्रदेश प्रमुखमा मिश्रलाई नियुक्त  गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त प्रदेश प्रमुख मिश्र महोत्तरीका कांग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर