ओलीले बोलाए एमाले स्थायी कमिटी र संसदीय दलको बैठक – Nepal Press

ओलीले बोलाए एमाले स्थायी कमिटी र संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक र संसदीय दलको बैठक आह्वान गरेका छन् । स्थायी समिति बैठक विहान ११ बजेपछि बस्दैछ ।

अध्यक्ष ओलीले हिजो साँझ एक अपील जारी गरी एमाले विभाजनका लागि अध्यादेश आउन लागेको उद्घोष गरेका थिए । सरकारले हिजोमात्रै संसद अधिवेशन अन्त्य गरेको थियो ।

संसद अधिवेदन अन्त्यपछि पार्टी विभाजनसम्बन्धी अध्यादेशको चर्चासँगै बोलाइएको स्थायी कमिटी बैठकप्रति सबैको चासो बढेको छ ।

आजै एमाले संसदीय दलको बैठक पनि बस्दैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर