संघीय सरकार प्रदेशप्रति अनुदार र बेखुस : मन्त्री कार्की – Nepal Press

संघीय सरकार प्रदेशप्रति अनुदार र बेखुस : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नेपालको संघीय सरकार प्रदेश संरचनासँग खुशी नरहेको बताएका छन् । प्रदेश एकको प्रदेशसभामा सांसदहरुको उठाएको प्रश्नको दिँदै मन्त्री कार्कीले अहिले पनि केन्द्रीय सत्ता प्रदेश संरचनासँग अनुदार रहेको आरोप लगाएका हुन् ।

उनले कन्द्रीय सत्तासँग प्रदेशको लडाइँ भइरहेको बताए । उनले भने– अहिले पनि लडाइँ जारी छ । केन्द्रसँगको लडाइँमा सरकारले मात्रै नभएर सत्ताभन्दा बहिरका दलहरुले पनि गर्नु सहयोग गर्नुपर्ने बताए ।
उनले प्रदेशसभामा प्रदेश प्रहरी गठनमा संघर्ष जारी रहेको बताए । उनले प्रदेश प्रहरी गठनका लागि केन्द्रीय सत्तासँग संघर्ष भइरहेको बताए ।

उनले प्रहरी समायोजन नभइ नयाँ प्रहरी गठन गर्न नपाइने संवैधानिक व्यवस्था रहेको र केन्द्रीय प्रहरी समायोजन नभएका कारण प्रदेश प्रहरी गठन हुन नसकेको बताए । उनले संघीय सरकार मातहतका कर्मचारीले समेत प्रदेश सरकारसँग समन्वय नगरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर