प्रचण्डको ब्रिफिङ : माधवजीका कारण बहुमतमा छौं, ओली प्रतिगमन फर्किने खतरा कायमै छ (भिडियो) – Nepal Press

प्रचण्डको ब्रिफिङ : माधवजीका कारण बहुमतमा छौं, ओली प्रतिगमन फर्किने खतरा कायमै छ (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकार माधव नेपालको दह्रो साथ भएका कारणमात्र वहुमतमा रहेको भन्दै कुनै पनि बेला अल्पमतमा पर्ने खतरा औंल्याएका छन् ।

शनिवार शुरु भएको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिको विश्लेषण गर्दै जसपाको महन्थ ठाकुर पक्ष आफूहरुसँग नरहने भन्दै माधव नेपाल एमालेमा फर्र्किएको अवस्थामा सरकार खतरामा पर्ने बताए ।

प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने : माधवजी दह्रिलोसँग उभिएका कारणमात्रै हाम्रो वहुमत पुगेको हो र केपी ओलीलाई ढाल्न सकिएको हो । यो सरकार कुनै पनि बेला अल्पमतमा पर्ने खतरा छ,हामी धेरै हौसिन जरुरी छैन ।

प्रचण्डले अहिलेको गठबन्धन भत्काएर ओलीकै सरकार ल्याउने षडयन्त्र भइइरहेको भन्दै प्रतिगमनको खतरा कायमै रहेको विश्लेषण सुनाए । उनले जसपाको उपेन्द्र पक्षका २० जनासहित कांग्रेस र माओवादीको सिट संख्या जोड्दा १३१ मात्र हुने र बहुमतका लागि १३६ सांसद चाहिने भएकाले माधव नेपालको साथ महत्वपूर्ण रहेको बताए ।

विगतमा जस्तो आजको बैठकमा माधव नेपालको रणनीतिबारे प्रचण्ड खुलेर नबोलेको ती केन्द्रीय सदस्यले बताए । रणनीति लिक हुने भएकाले माधव नेपालको बारेमा प्रचण्डले सांकेतिक कुरा गर्दै भने– माधवजीको बारे धेरै नभनौं,आशा गरौं ठिकै होला ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर