असोज १० देखि पुस ११ सम्म : यस्तो छ माओवादीको सम्मेलन तालिका – Nepal Press

असोज १० देखि पुस ११ सम्म : यस्तो छ माओवादीको सम्मेलन तालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रले असोज १० देखि पुस ११ सम्म सबै तहका पार्टी कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने कार्ययोजना पेश गरेको छ । शनिवार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव अनुसार भदौ मसान्तसम्म सदस्यता नविकरण र नयाँ सदस्यता वितरण टुंग्याउने उल्लेख छ ।

त्यस्तै असोज १० गते देशैभर एकैदिन सबै सेल कमिटी र टोल भेला गर्ने प्रस्ताव सांगठानिक कार्ययोजनामा गरिएको छ । त्यसपछि असोज २० गते वडा सम्मेलन गर्ने र २० गते एकै दिन गाउँपालिका र नगरपालिकाको सम्मेलन सम्पन्न हुनेछ । कात्तिक ३० गते जिल्ला सम्मेलन, मंसिर १५ गते प्रदेश सम्मेलन र पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव प्रचण्डको छ ।

तत्काल महाधिवेशनको अवस्था नरहेकाले सबै तहमा सम्मेलनहरु गर्ने प्रस्ताव बैठकमा आएको केन्द्रीय सदस्य युवराज चौलालगाईले जानकारी दिए । सम्मेलनमा नेतृत्व र संगठनका विषय पनि आउने उनको भनाइ छ ।

सदस्यता नविकरण/वितरण : भदौभर
सेल र टोल समिति भेला : असोज १०
वडा सम्मेलन देशैभर : असोज २०
स्थानीय तह सम्मेलन : असोज ३०
जिल्ला सम्मेलन : कात्तिक ३०
प्रदेश सम्मेलन: मंसिर १५
राष्ट्रिय सम्मेलन : पुस ११–१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर