माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ मा गर्ने प्रस्ताव – Nepal Press

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ मा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव पेश भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा राष्ट्रिय सम्मेलनको मिति प्रस्ताव गरिएको हो । केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।
शनिवार पहिलो दिनको बैठक प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समूह बनाएर टुंगिएको छ ।
आइतवार विहान ११ बजेसम्म समूहगत छलफल हुने र त्यसपछि पुनः बैठक बसेर निर्णय गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि विहान ८ बजे स्थायी कमिटी बैठक बस्नेछ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर