कांग्रेस नेता जोशीको प्रश्नः हाम्रो जस्तो पार्टीलाई अदालतले अवैध भन्न सक्छ ? – Nepal Press

कांग्रेस नेता जोशीको प्रश्नः हाम्रो जस्तो पार्टीलाई अदालतले अवैध भन्न सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले कांग्रेसलाई अदालतले अवैध भन्न नसक्ने दावी गरेका छन् । एमाले र माओवादीको पनि दृष्टान्त दिएर उनले महाधिवेशनमा ढिलाइ हुँदैमा पार्टी अवैध नहुने दावी गरेका हुन् ।

उनले भने, ‘हाम्रो जस्तो पार्टीलाई अदालतले अवैध भन्न सक्छ त ? छातीमा हात राखेर भनौं ।’ एमाले र माओवादीले पनि महाधिवेशन नगरेको उनको भनाइ छ ।

‘उनीहरुको जस्तै हामीले पनि महाधिवेशन नगरी बस्नुपर्छ भन्न खोजेको होइन, तर कांग्रेस नै रहँदैन भनेजसरी प्रचार गर्न खोजियो,’ जोशीले भने, ‘एमाले, माओवादी वैध, कांग्रेस अवैध हुँदैन । महाधिवेशन गर्ने नै हो, तर सबै प्रक्रिया पुर्याएर हतारमा होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर