जेसिज सप्ताह मनाउँदै सुर्खेतका महिला – Nepal Press

जेसिज सप्ताह मनाउँदै सुर्खेतका महिला

सुर्खेत । सुर्खेत महिला जेसिज– २०२१ ले जेसिज सप्ताह मनाउने घोषणा गरेको छ । आज वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुर्खेत जेसिज २०१९ अध्यक्ष एवम् कानूनी सल्लाहकार जेसि सिया कार्की प्रधानले सो जानकारी दिएकी हुन् ।

उनका अनुसार साउन तीस गते सप्ताहको उद्घाटन हुनेछ भने सोही दिन तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिनेछ । साउन ३१ गते वीरेन्द्रनगरका विभिन्न चोकमा मास्क वितरण गर्ने कार्यक्रम रहेको छ भने ३२ गते खाद्यान्न दिवस मनाइने छ ।

उक्त दिनमा सुर्खेतमा रहेको सझा घरमा खाद्यान्न वितरण गर्ने उनले जानकारी दिइन् । भदौ १ गते उद्घोषक तालिम, दुई गते प्रशान्ती वृद्धाश्रममा खीर खुवाउने कार्यक्रम, तीन गते सेल्फ मेकअप प्रतियोगिता, चार गते नारी सम्मान कार्यक्रम र सोही दिन समापन कार्यक्रम गरिने उनको भनाइ छ ।

महिला जेसिज वर्ष २०२१ अध्यक्ष लक्ष्मी गुरुङले महिला जेसिजले सुर्खेतमा समाजसेवामा क्रियाशील एक महिलालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *