पद खुस्किएपछि रिक्सा चढेर बाहिरिए लुम्बिनीका मन्त्री आचार्य – Nepal Press

पद खुस्किएपछि रिक्सा चढेर बाहिरिए लुम्बिनीका मन्त्री आचार्य

रूपन्देही । लुम्बिनीमा नयाँ सरकार गठनको तयारी चलिरहँदा निवर्तमान मन्त्रीहरू मन्त्रालय र क्वार्टर छाड्न थालेका छन् ।

यसैक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य केही बेरअघि मन्त्रालयबाट बाहिरिएका छन् । मन्त्रालय छाड्नुअघि आचार्यले पत्रकार सम्मेलन गरेका थिए । उनी सरकारी गाडी छाडेर ई-रिक्सा चढेर बाहिरिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको प्रष्टोक्ति दिए । अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई शंकर पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए । दाङ राजधानी बनाउन आचार्यले मुख्यमन्त्रीलाई साथ दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर