बिनाधितो ऋण लगानी डुब्न नदिन कर्णाली सरकार प्रतिबद्ध – Nepal Press

बिनाधितो ऋण लगानी डुब्न नदिन कर्णाली सरकार प्रतिबद्ध

सुर्खेत । ‘क’ वर्गका वाणिज्य बैंकहरुले विनाधितो ऋण लगानी गर्दा नडुब्ने वातावरण तयार गर्न कर्णाली सरकारसमक्ष अनुरोध गरेका छन् ।

काठमाडौंमा आयोजित अन्र्तक्रियामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष बैंकका प्रतिनिधिले कर्णालीमा लगानी गर्न आफूहरु तयार रहेको बताए ।

‘उहाँहरुको चिन्ता लगानी डुब्ने हो कि भन्नेमा थियो,’ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले नेपालप्रेससँग भने, ‘त्यसका लागि हामीले सरकारको तर्फबाट आवश्यक प्रतिबद्धता जनाएका छौं ।’

अन्तक्रियामा सहभागी मुख्यमन्त्री शाहीले उत्पादनमूलक क्षेत्रमा लगानी गरिदिन बैंकहरुसँग आह्वान गरेका थिए । ‘यहाँहरु कर्णालीमा उत्पादनमूलक क्षेत्रमा मात्रै लगानी गरिदिनुस् ।

बढीमा विनाधितो पाँच लाखसम्म यहाँहरुले लगानी गर्नुभएको खण्डमा दुइ वर्षसम्मको व्याज सरकारले नै तिरिदिनेछ,’ मुख्यमन्त्री शाहीले भनेका थिए, ‘कुन क्षेत्रमा कति सम्म लगानी गर्न सकिन्छ भन्ने कुरा पनि सरकारले नै तय गर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *