बन्द भैसकेका जयनेपाल र गोपीकृष्ण हललाई कर तिर्न महानगरको अन्तिम ताकेता – Nepal Press

बन्द भैसकेका जयनेपाल र गोपीकृष्ण हललाई कर तिर्न महानगरको अन्तिम ताकेता

काठमाडौं महानगरपालिकाले कर नतिर्ने ५२ कम्पनी तथा व्यक्तिको कालोसूची सार्वजनिक गरेको छ जसमा दुईवटा नाम चलेका फिल्म हलहरु पनि समावेश छन् ।

महानगरले जय नेपाल र गोपीकृष्ण फिल्म हलले अहिलेसम्म कर नबुझाएको उल्लेख गरेपनि कहिलेदेखि कर बुझाएनन् भन्ने कुरा खुलाएको छैन । कोरोना महामारीको कारण जयनेपाल हल सँधैको लागि बन्द भएको छ भने, गोपीकृष्ण हललाई भत्काइएको छ ।

कर तिर्न पटक-पटक ताकेता गरिएपनि अबको ३० दिनभित्र करको विवरण नबुझाए कानूनी कार्वाही गर्ने महानगरले जनाएको छ । राजस्व ऐनको दफा १२ बमोजिम तोकिएको कर नतिर्नेको सेवा बन्द गर्ने उल्लेख छ ।

गोपीकृष्ण र जयनेपाल अघिल्लो वर्ष नै बन्द भएका हुन् । लिज सम्झौता टुंगिएपछि जयनेपाल सँधैको लागि बन्द भएको छ भने गोपिकृष्ण पुननिर्माणको लागि भन्दै बन्द गरिएको छ ।

प्रतिक्रिया

One thought on “बन्द भैसकेका जयनेपाल र गोपीकृष्ण हललाई कर तिर्न महानगरको अन्तिम ताकेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *