खोप नलगाउनेलाई साथी नबनाउने अभिनेत्री जेनिफरको निर्णय – Nepal Press

खोप नलगाउनेलाई साथी नबनाउने अभिनेत्री जेनिफरको निर्णय

भन्छिन् : यही अडानले गर्दा मैले धेरै साथीहरु गुमाएँ

लस-एन्जल्स । अमेरिकामा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या कूल जनसंख्याको ५० प्रतिशत पनि पुगेको छैन । अपेक्षा गरिएअनुसार खोप लगाउने दर वृद्धि नहुँदा राष्ट्रपति बाइडेनलाई दबाब परिरहेको छ ।

यस्तोमा, खोप लगााउने कुरालाई लिएर हलिउड पनि विभाजित हुन थालेको छ । अभिनेत्री जेनिफर एनिस्टनले खोप नलगाउनेलाई आफूले साथी नबनाउने र सम्बन्ध नराख्ने कुरा सार्वजनिकरुपमै घोषणा गरेकी छिन् ।

इन-स्टाइल म्यागजिनलाई अन्तर्वार्ता दिँदै एनिस्टनले आफूले सहि निर्णय गरेको र अडानबाट पछि नहट्ने बताएकी छिन् । ‘अहिले पनि खोप लगाउन नचाहेको संख्या ठूलो छ’ एनिस्टन भन्छिन्, ‘किनभने उनीहरु खोपविरोधी कुरा गर्दै हिँड्छन् र उनीहरुलाई तथ्यमा विश्वास छैन ।’

खोप नलगाएकै कारण आफूले केही साथीहरुलाई गुमाएको एनिस्टनको भनाई छ । एनिस्टनको पछिल्लो अडानलाई लिएर ३७.७ मिलियन फलोअर्स भएको उनको इस्टाग्राममा बहस भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *