‘ब्ल्याक विडो’ बन्यो यसवर्ष सर्वाधिक कमाउने हलिउड फिल्म, ‘एफ-नाइन’को कमाइलाई उछिन्यो – Nepal Press

‘ब्ल्याक विडो’ बन्यो यसवर्ष सर्वाधिक कमाउने हलिउड फिल्म, ‘एफ-नाइन’को कमाइलाई उछिन्यो

न्यूयोर्क । उत्तर अमेरिकी बक्क्सअफिसमा हलिउड सुपरहिरोइन फिल्म ‘ब्ल्याक विडो’ले अर्को बिगबजेट फिल्म ‘एफ नाइन’को ग्रस कमाइलाई उछिनेको छ ।

स्कारलेट जोहान्सन स्टारर फिल्मले १७४ मिलियन डलर कमाएको छ भने भिन डिजेल स्टारर ‘एफ-नाइन’ले १७१ मिलियन डलर कमाइ गरेको छ । यो सँगै ब्ल्याक विडो सन् २०२१ मा सर्वाधिक ग्रस कमाउने हलिउड फिल्म बनेको छ ।

केट सट्ल्यान्ड निर्देशित ‘ब्ल्याक विडो’ले सिनेमा घरमा पहिलो सप्ताहन्त ८०.३ मिलियन डलर कमाएको थियो जुन महामारीपछिकै सर्वाधिक हलिउड कमाइ हो ।

‘ब्ल्याक विडो’ फिल्म हल र डिज्नको स्ट्रिमिङ प्लेटफर्ममा एकसाथ रिलिज भएको थियो । आगामी डिसेम्बर मध्यमा रिलिज तयारीमा रहेको ‘स्पाइडर म्यान : नो वे होम’ले सम्भवतः ब्ल्याक विडोलाई चुनौति दिने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *