महंगो मूल्यमा अनमोल केसी फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित – Nepal Press

महंगो मूल्यमा अनमोल केसी फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित

जनवरीदेखि क्यानडामा छायांकन हुने

काठमाडौं । मुकुन्द भट्टले निर्माण गर्न लागेको नयाँ फिल्म ‘एक्स-नाइन’मा अनमोल केसी औपचारिकरुपमा अनुबन्धित भएका छन् ।

राजधानीको मेरियट होटलमा शनिबार अभिनेता केसी र फिल्म निर्माता कम्पनी गोल्डेन हिल्स पिक्चर्सबीच लिखित सम्झौता भएको छ । जनवरीदेखि सुरु हुने फिल्मको सुटिङ क्यानडा, युरोप र नेपालमा हुने जनाइएको छ ।

किङ योगी र मुकुन्द भट्टको पटकथा हुनेछ । राजीव तामाङ, वीरेन कुँवर, सोनु खत्री र सुबोध भट्ट निर्माता हुन् । दिनेश भट्ट कार्यकारी निर्माता हुन् । अन्य कलाकारसँग अनुबन्धनको तयारीमा निर्माताहरु जुटेका छन् ।

अनमोल महंगो पारिश्रमिकमा फिल्ममा अनुबन्धित भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *