भुटानबाट पैंचोमा ल्याइएको ३ लाख डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो – Nepal Press

भुटानबाट पैंचोमा ल्याइएको ३ लाख डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

काठमाडौं । भुटानले पैंचोमा उपलब्ध गराएको ३ लाख डोज अस्ट्राजेनेका खोप आज बिहान काठमाडौं आइपुगेको छ । खोप ल्याएको ड्रुक एयरको जहाज सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारीका अनुसार २१ बाकस खोप आइपुगेको छ । भुटानले खोप लगाइसकेर मौज्दात भएको र चाँडै मिति गुज्रने भएकाले ती खोप काठमाडौं ल्याइएको हो ।

परराष्ट्र मन्त्रालयले पैंचोमा सो खोप ल्याइएको जनाएको छ । नेपालले पछाडि फिर्ता गर्ने सर्तमा पैंचोमा खोप ल्याएको दिल्ली नियोगका रामप्रसाद सुवेदीले जानकारी दिए । भुटानबाट ल्याइएको खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकलाई प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *