साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने, उपत्यकामा खोप केन्द्र विस्तार – Nepal Press

साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने, उपत्यकामा खोप केन्द्र विस्तार

काठमाडौं । साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सप्ताह अवधिभर दोस्रो डोजको खोप लगाइने कार्यलाई प्राथमिकता दिने बताए ।

बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । जापान र भुटानबाट आउने अस्ट्राजेनेका खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाख ५० हजारलाई दिइने समेत जानकारी उनले दिए ।

जापानले दिने भनेको १८ लाख खोमध्ये आधा शनिबार र आइतबार आउने जनाइएको छ । भुटानले दिने भनेको ३ लाख डोज खोप पनि शनिबार नै आउने भनिएको छ ।

काठमाडौंमा १५०, ललितपुरमा ७७ र भक्तपुरमा ३८ वटा खोप केन्द्र विस्तार गरिएको जानकारी पनि राज्यमन्त्री श्रेष्ठले दिए । मुलुकभर क्यूआर कोडसहितको खोप कार्ड दिइने पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *