खोप लगाएका नेपालीलाई स्वीटजरल्यान्डमा यात्रा अनुमति, बेलायतको रेड लिस्टमा नेपाल कायमै – Nepal Press

खोप लगाएका नेपालीलाई स्वीटजरल्यान्डमा यात्रा अनुमति, बेलायतको रेड लिस्टमा नेपाल कायमै

काठमाडौं । कोभिड-१९ संक्रमणको स्थिती बढेको बताउँदै बेलायतले नेपाललाई रेड लिस्टमा राखेको छ । बिहीबार सार्वजनिक गरेको नयाँ कोभिड प्रोटोकलको सूचीमा बेलायतले भारतलाई रेड लिस्टबाट हटाएको छ भने नेपाल सूचीमा कायमै छ ।

नयाँ नियम आगामी आठ अगस्ट तारिखदेखि सुरु हुने बेलायतले जनाएको छ । बेलायतको रेड जोन सूचीमा अधिकांश मध्यपूर्व, दक्षिण एसिया र पूर्वी एसियाली मुलुकहरु छन् ।

आगामी आइतबारदेखि लागू हुने नियमानुसार नेपालबाट बेलायत जानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ भने दोस्रो र आठौं दिनमा कोभिड परीक्षण गर्नुपर्ने भएको छ ।

यसैबीच, खोप लगाएका नेपाली नागरिकले वैधानिक भिसामा स्वीटजरल्यान्डमा यात्रा अनुमति पाउने भएका छन् । स्वीटजरल्यान्डको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै खोप लगाएका नेपाली, बेलायती र भारतीयलाई क्वारेन्टिन बिनै यात्रा अनुमति दिने जनाएको छ ।

अगस्ट ४ देखि यो नियम लागू भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *