भेरोसेल खोपको दोस्रो डोज शुक्रबारदेखि : काठमाडौंका १४७ केन्द्रमा कसले-कहाँ लगाउन पाउने ? (सूचीसहित) – Nepal Press

भेरोसेल खोपको दोस्रो डोज शुक्रबारदेखि : काठमाडौंका १४७ केन्द्रमा कसले-कहाँ लगाउन पाउने ? (सूचीसहित)

काठमाडौं । शुक्रबारदेखि मुलुकका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ । स्वास्थ्य सेवा विभागले भीडभाड नगरी खोप लगाउने कार्यक्रम संचालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ । काठमाडौं जिल्लामा मात्र १४७ वटा खोप केन्द्र तोकिएको छ ।

पहिलो मात्रा लगाउँदाको कार्ड, विद्युतीय दर्ता गर्दाको प्रिन्ट तथा फोटोसहितको नम्बरको आधारमा खोप लगाउन पाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन २४ गतेसम्म खोप अभियान संचालन हुने जनाइएको छ । काठमाडौं महानगरपालिकामा मात्र ३२ वटा वडामै खोप केन्द्र रहने व्यवस्था मिलाइएको छ ।

काठमाडौं महानगरमा अत्यावश्यक सेवामा कार्यरतहरुका लागि राधास्वामी आइसोलेसन, सशष्त्र प्रहरी अस्पताल, वीर, शिक्षण, निजामती कर्मचारी, परोपकार प्रसूति अस्पताल र काठमाडौं मेडिकल कलेज सिनामंगललाई खोप केन्द्र तय गरिएको छ ।

विदेशमा जानेहरुको हकमा भने वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल टेकु र सशष्त्र प्रहरी अस्पताल तय गरिएको छ ।

पहिलो मात्रा लगाएको २१ दिन पुरा भएको, ५५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका सबै नागरिकहरु, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, कर्मचारी, शिक्षक, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका मुलुकमा जाने श्रमिकले मात्र खोप लगाउन पाउनेछन् ।

हेर्नूस सूची :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *