बुधबार ४१ सय कोभिड बिरामी थपिए, थप ३५ जनाको मृत्यु – Nepal Press

बुधबार ४१ सय कोभिड बिरामी थपिए, थप ३५ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थपिए १२ सय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४१०७ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार सहप्रवक्ता डा. समीर अधिकारीले सो जानकारी दिएका हुन् ।

१६ हजार २९८ कूल नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सक्रिय संक्रमित संख्या बढेर ३३ हजार ४६४ पुगेको छ । १५३५ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा १२७९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका छन् ।

बुधबार थप ३५ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गर्दा संक्रमित हुनेको दर आज २६.२ प्रतिशत छ । सबैभन्दा धेरै संक्रमण दर कर्णाली प्रदेशमा ५७.३ प्रतिशत, गण्डकीमा ४४ र प्रदेश १ मा ३२ प्रतिशत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *