मिस सुप्रान्यासनलमा नेपालले गोर्खाली सैनिकप्रति पोशाक समर्पित गर्ने – Nepal Press

मिस सुप्रान्यासनलमा नेपालले गोर्खाली सैनिकप्रति पोशाक समर्पित गर्ने

काठमाडौं । मिस सुप्रान्यासनलमा नेपालले प्रदर्शन गर्ने पोशाक गोर्खाली सैनिकलाई समर्पित गरिने भएको छ । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले आधिकारिक पोशाक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

कोरियोग्राफर रचना गुरुङ शर्माको कन्सेप्टमा तयार पारिएको पोशाकमा मिस नेपाल सुप्रान्यासनल सिमल कनौजिया आकर्षक देखिएकी छिन् । गोर्खा आर्मीको पोशाकमा नेपाली बहादुरीका प्रतीकहरु खुकरी र पोशाकसहित राष्ट्रिय झण्डालाई पनि चित्रण गरिएको छ ।

‘यो राष्ट्रिय पोशाकले हामीलाई गौरवान्तित र सुरक्षित राख्न प्राणोत्सर्ग गर्ने गोर्खाली सैनिकप्रति सम्मान र माया प्रस्तुत गर्नेछ’ हिडन ट्रेजरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अगस्ट २१ मा पोल्यान्डमा आयोजना हुने सुप्रान्यासनलमा भाग लिन सम्बन्धित विधाकी विजेता मिस नेपाल कनौजिया यसैसाता त्यहाँ पुगेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *