दुर्गेशले गीतमार्फत बहिस्कारको जवाफ दिने, ‘बहिस्कार’ बोलको गीत ल्याउने घोषणा – Nepal Press

दुर्गेशले गीतमार्फत बहिस्कारको जवाफ दिने, ‘बहिस्कार’ बोलको गीत ल्याउने घोषणा

काठमाडौं । यतिबेला गायक दुर्गेश थापा चर्चाको केन्द्रमा छन् । ‘ख्यास्स पुतली’ बोलको तीज गीत रिलिज गरेपछि उनको चर्चा चुलिएको छ । राष्ट्रिय लोकगीत तथा दोहोरी प्रतिष्ठानले संस्थागतरुपमै बहिस्कार गर्ने निर्णय गरेपछि त दुर्गेशको चर्चा यत्तिकैमा सीमित छैन ।

दुर्गेशका प्रशंसकले भने, उनी गीत गाउन स्वतन्त्र हुनुपर्ने र सेन्सरसिप जरुरी नभएको बताउने गरेका छन् । दुर्गेश स्वयमले पनि आफ्नो गीत हीपहप भएको र दोहोरी भएकाले बहिस्कारको कुनै अर्थ नरहेको बताएका छन् ।

उनले गीतमार्फत आलोचकलाई जवाफ दिने बताएका छन् । उनले केही साताभित्रै ‘बहिस्कार’ बोलको गीत रिलिज गर्ने तयारी गरेका छन् । ‘यही गीतमार्फत म आलोचकलाई जवाफ दिन चाहन्छु’ नेपाल प्रेससँग उनले भने, ‘म आफूमा इमान्दार छु र बहिस्कारले कुनै अर्थ राख्दैन ।’

प्रतिष्ठानका निवर्तमान अध्यक्ष र सल्लाहकारले पनि अश्लिल लाग्ने शब्दहरु प्रयोग गरेर गीत ल्याएको स्मरण गर्दै दुर्गेशले उनीहरुलाई पनि कार्वाही गर्नुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *