फूल उत्पादक किसानको प्रदर्शन- प्रयोग गरौं बारीको, बहिष्कार गरौं पारीको – Nepal Press

फूल उत्पादक किसानको प्रदर्शन- प्रयोग गरौं बारीको, बहिष्कार गरौं पारीको

काठमाडौं । भारतबाट दैनिक रुपमा ताजा फूल ल्याउने नाममा अबैध तथा अनियन्त्रित रुपमा पुष्प आयात भएको भन्दै नेपाली पुष्प व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्तरिक उत्पादन उपलब्ध हुदाँ हुँदै पनि भारतबाट ताजा फूलका नाममा अन्य सामान समेत अबैध तथा अनियन्त्रीत रुपमा आयात भइरहेकाले नेपाली पुष्प किसानहरु सधै भारतीय उत्पादनसँग पिल्सीन परिरहेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

मंगलबार भारतीय अबैध फूल आयातको विरुद्धमा फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघ संयुक्त रुपमा आन्दोलनमा उत्रिएका हुन् ।

नेपाली व्यवसायीहरुले आज जिल्ला प्रशासन कार्यालय ललितपुरका सिडिओलाई ज्ञापन पत्र बुझाउँदै भारतबाट अबैध फूलका साथै अन्य सामान पनि भित्रयाउने आयातकर्तालाई कारबाही गर्न माग गरेका छन् ।

पुष्प व्यवसायीहरु जावलाखेलमा जम्मा भएर र्‍यालीसहित सीडीयो कार्यालयमा ज्ञापन पत्र बुझाएपछि पुनः जुलुस सहित महानगरीय प्रहरी कार्यालय टेकुमा गएर धर्ना दिएका थिए ।

भारतीय सामान आयात गरी बेच्ने व्यापारीबाट भएको झुटा जाहेरी खारेज गरी लगाईएको झुटा मुद्धा खारेज गर्न उनीहरुको माग छ । गत साउन १६ गते भारतबाट अबैध रुपमा फूल आयात गरेको भन्दै नेपाली व्यवसायीले फूल नष्ट गरिदिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *