अक्षय कुमार स्टारर ‘बेलबटम’ ट्रेलर रिलिज, १९८४ को विमान अपहरणमाथि आधारित छ फिल्म – Nepal Press

अक्षय कुमार स्टारर ‘बेलबटम’ ट्रेलर रिलिज, १९८४ को विमान अपहरणमाथि आधारित छ फिल्म

मुम्बई । बलिउड खेलाडी अक्षय कुमार नयाँ फिल्म ‘बेलबटम’ ट्रेलरसहित पुनः फर्किएका छन् । १९ अगस्टमा रिलिज हुने फिल्ममा अक्षय एक जासूसको चरित्रमा देखिनेछन् ।

उनीसहित फिल्ममा वाणी कपुर, हुमा कुरेशी, लारा दत्ता पनि फिचर्ड हुनेछन् । सामाजिक संजालमार्फत अक्षयले ट्रेलर सेयर गरेका छन् ।

सन् १९८४ मा भएको विमान अपहरण घटनामा फिल्म आधारित छ । लगातार पाँचपटक विमान अपहरणको घटनापछि छानविन गर्न भारतले एक जासूसलाई जिम्मा लगाएको थियो ।

जसको कोड नाम बेलबटम थियो र उक्त अपहरणमा २१० जनालाई बन्दी बनाइएको थियो । फिल्ममा वाणीले अक्षयकी पत्नीको भूमिका निर्वाह गरेकी छिन् । हुमा कुरेशी छानविनमा सघाउने एक सहयोगीको भूमिकामा छिन् । रञ्जित तिवारी निर्देशित फिल्म अगस्ट १९ मा रिलिज तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *