कोरोनाको खोपका लागि प्रधानमन्त्रीलाई समयको छुट छैनः योगेश भट्टराई (भिडियो) – Nepal Press

कोरोनाको खोपका लागि प्रधानमन्त्रीलाई समयको छुट छैनः योगेश भट्टराई (भिडियो)

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समयको छुट नरहेको बताएका छन् । उनले असोजभित्र सबै खोप लगाउने मन्त्रीको प्रतिबद्धता र ‘खोप खोप खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा पूरा हुन कठिन रहेको उल्लेख गरे ।

संसद बैठकमा बोल्दै भट्टराईले भने, ‘६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले मात्रै पूर्णखोप र १४ प्रतिशतले पहिलो खोप लगाएका छन् । १६ हजार खोप केन्द्रमध्ये ३ हजार खोप केन्द्रमा मात्रै खोप लगाइएको छ । असोजभित्र सबै नागरिकलाई खोप लगाउने मन्त्रीको घोषणा पुरा हुने अवस्था छैन ।’

उनले थपे, ‘प्रधानमन्त्रीज्यू, कोरोना नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन । शंकाको सुविधा छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर