दुर्गेश थापालाई साधारण सदस्यबाट हटाउने लोक दोहोरी प्रतिष्ठानको निर्णय – Nepal Press

दुर्गेश थापालाई साधारण सदस्यबाट हटाउने लोक दोहोरी प्रतिष्ठानको निर्णय

दुर्गेश भन्छन् : मेरो गीत लोकदोहोरी हैन, हिपहप हो

काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई आजीवन सदस्य नरहने गरी संस्थाबाट निष्कासनको घोषणा गरेको छ । साथै, संस्थाले थापासँग सहकार्य नगर्ने निर्णय पनि गरेको छ ।

साउन १७ गते बसेको बैठकले थापालाई कार्वाहीको निर्णय गरेको प्रतिष्ठानअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण विभागका संयोजक शिव हमालले नेपाल प्रेसलाई जानकारी दिए ।

‘हामीले आधिकारिक निर्णय गरेका छौं र जरुरी परे विज्ञप्ति पनि जारी गर्नेछौं’ हमालले भने, ‘उहाँलाई स्पष्टीकरण मागेका पनि थियौं । तर, उहाँले आफ्नो गीत लोकदोहोरी नभएर हिपहप भएकाले संस्थाको निर्णय नमान्ने जवाफ दिनुभयो ।’

आफूहरुले व्यक्तिभन्दा पनि प्रवृत्तिको विरोध गरेकाले भविष्यमा अन्य कलाकारको लागि पनि यो पाठ हुने उनको भनाई छ । ‘सच्चिएर आएको खण्डमा दुर्गेशजीलाई संस्थामा स्वागत हुन्छ’ उनले भने ।

दुर्गेशले गतसाता ख्यास्स पुतली बोलको तीज गीतलाई युट्युवमा रिलिज गरेका थिए । गीतमा प्रयुक्त ख्यास्स पुतली शब्दलाई सच्याउन प्रतिष्ठानले विज्ञप्तिमार्फत आग्रह गरेको थियो । तर, थापाले अन्य कलाकारले पनि यस्तै शैलीका शब्द प्रयोग गरेकाले नहटाउने अडान राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *