बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा – Nepal Press

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

काठमाडौं । सुजुकी कम्पनीको परिमार्जित ‘सुजुकी एक्सेस स्कुटर’ नेपाली बजारमा आएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधियुक्त सो स्कुटर भित्र्याएको हो ।

नेपालमा भित्रिएको यो सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्डजडित इन्जिन प्रयोग गरिएको छ । यसमा बीएस ६ प्रविधि जडान गरिनुका साथै एफआई प्रविधि समेत रहेकोले उत्कृष्ट माइलेज दिने कम्पनीको दावी छ ।

आगाडि सहजै सामान आँट्ने, फराकिलो सिटसहितको आरामदायी यात्रा र अगाडिको भागमा स्टिल कभरसमेत हुनाले यो दैनिक प्रयोजनका लागि उपयोगी रहेको कम्पनीको भनाइ छ ।

२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ । यसमा मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुवै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम मात्र रहेको छ ।

१६० एमएमको ग्राउण्ड क्लियरेन्स भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट मानिने कम्पनीले बताएको छ । पूर्णडिजिटल मिटरको साथमा क्लासिक स्टाइल, ईन्जिनसहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् । यो स्कुटर अहिले सेतो, निलो, खैरो र कालो रंगमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *