भ्वाइस अफ नेपालको फाइनलमा आर्यन, किरण, तारा र ज्वाला छनौट – Nepal Press

भ्वाइस अफ नेपालको फाइनलमा आर्यन, किरण, तारा र ज्वाला छनौट

काठमाडौं । गायन रियालिटी सो द भ्वाइस अफ नेपालको चालु सिजनका अन्तिम प्रतिस्पर्धी छानिएका छन् । शुक्रबार सम्पन्न सेमीफाइनलबाट अन्तिम चार प्रतिस्पर्धी छनौट भएका हुन् ।

चारजना कोचको तर्फबाट एक-एक प्रतिस्पर्धी फाइनल प्रवेश गरेका हुन् । टीम दीप श्रेष्ठबाट आर्यन तामाङ, टीम प्रमोद खरेलबाट किरण गजमेर, टीम राजु लामाबाट तारा श्रीश मगर र टीम तृष्णा गुरुङबाट ज्वाला राई छानिएका हुन् ।

यी चारजनाबीच फिनाली हुनेछ र तीमध्ये एक सिजनका विजेता हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *