ओलम्पिक तयारीमा रहेकी अमेरिकी जिम्न्याष्टलाई कोरोना संक्रमण – Nepal Press

ओलम्पिक तयारीमा रहेकी अमेरिकी जिम्न्याष्टलाई कोरोना संक्रमण

एजेन्सी । अमेरिकी महिला जिम्न्यास्टिक खेलाडीलाई ओलम्पिकका लागि प्रशिक्षण क्याम्पमा कोरोना संक्रमण देखिएको छ । उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेकी अर्की खेलाडीलाई पनि आइसोलेट गरिएको छ ।

संक्रमित खेलाडीलाई कुनै लक्षण देखिएको छैन । पूर्वी टोकियोको इन्जाइ शहरमा उनलाई संक्रमण देखिएको हो । दुवै खेलाडीलाई होटलबाट क्वारेन्टीनमा सारिएको छ भने टिमका बाँकी सदस्यलाई ओलम्पिक भिलेजमा पठाइएको छ ।

अमेरिकी ओलम्पिक कमिटीले बताएअनुसार संक्रमित किशोरी जिम्न्यास्टिक टिमकी बैकल्पिक खेलाडी थिइन् ।

‘हाम्रो खेलाडी, प्रशिक्षक र अफिसियलको स्वास्थ्य र सुरक्षा सबैभन्दा महत्वपूर्ण रहनेछ,’ अमेरिकी ओलम्पिक कमिटीको वक्तव्यमा भनिएको छ, ‘हामीले निश्चित गरेका छौं कि आर्टिस्टिक जिम्न्यास्टिक टिमकी बैकल्पिक सदस्यलाई कोरोना संक्रमण देखिएको छ । व्यक्तिगत गोपनियनताका कारण हामी उनका बारेमा योभन्दा धेरै केहि बताउन सक्दैनौं ।’

ओलम्पिक भिलेजभित्रै काेराेना संक्रमणकाे दर बढ्न थालेपछि अन्तराष्ट्रिय ओलम्पिक कमिटी र आयाेजक जापानलाई सबैभन्दा टाउकाे दुखाई बनिरहेकाे छ । शनिबार र आइतबार दक्षिण अफ्रिकी फुटबल टाेलीका सदस्यमा संक्रमण देखिएकाेमा साेमबार चेक रिपब्लिकका बिच भलिबल खेलाडीमा संक्रमण देखिएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर