नोबेल अस्पतालले पायो मिर्गौला प्रत्यारोपणको अनुमति – Nepal Press

नोबेल अस्पतालले पायो मिर्गौला प्रत्यारोपणको अनुमति

काठमाडौं । विराटनगरस्थिथ नोबेल अस्पतालमा अब मिर्गौला प्रत्यारोपण हुने भएको छ । अंग प्रत्यारोपण समन्वय समितिले नोबेललाई मिर्गौला प्रत्यारोपणका लागि सोमबार अनुमति दिएको हो ।

अस्पतालले २ वर्षअघि नै मिर्गौला प्रत्यारोपणका लागि समितिसँग अनुमति मागेको थियो । हाल उक्त अस्पताललाई दुई वर्षको लागि अनुमति दिइएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएसँगै अब बिरामीले उपचारका लागि महंगो खर्च गरेर बाहिर जानु नपर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *