स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस, आजको मन्त्रिपरिषद्ले नियुक्त गर्ने तयारी – Nepal Press

स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस, आजको मन्त्रिपरिषद्ले नियुक्त गर्ने तयारी

काठमाडौं । स्वास्थ्य सेवातर्फको सचिव पदमा तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले १२ औं तहका तीन विशेषज्ञहरुको नाम सिफारिस गरेको हो ।

जसमा डा. रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नाम सिफारिस भएको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकले एकजनालाई सचिवमा बढुवा गर्ने स्रोतले जनाएको छ ।

गत असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव पदको दरबन्दी पद स्वीकृत गरेपछि सचिव नियुक्तीको प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *