कपिल शर्मा सो पुनः प्रसारण हुँदै, पुरानै टीमसँग कपिलले गरे सो छायांकन – Nepal Press

कपिल शर्मा सो पुनः प्रसारण हुँदै, पुरानै टीमसँग कपिलले गरे सो छायांकन

मुम्बई । लामो समयको पर्खाइपछि अन्ततः भारतीय टेलिभिजनमा कपिल शर्मा सो फर्किएको छ । चाँडै प्रसारण हुने सोका लागि कपिलले आफ्नो पुरानो टीमसँग सोको छायांकन पनि पुरा गरेका छन् ।

आउने सिजनमा पनि कपिलसँगै भारती सिंह, कृष्णा अभिषेक, कीकू शारदा, चंदन प्रभाकर र सुदेश लहरी पनि हुनेछन् ।

कपिलले हालै सोसल मिडिया एकाउन्टमा टीमसँग एउटा सुन्दर तस्विर सेयर गरेका छन् । ‘पुराना अनुहारसँग नयाँ सुरुआत’ उनले क्याप्सन लेखेका छन् ।

दोस्रोपटक बुवा बनेका कपिलले सोबाट ब्रेक लिएका थिए । लकडाउन सुरु भएसँगै उनले सो बन्द गर्ने निर्णय गरेका थिए । अब एक महीनापछि सोनी टिभीमा कपिलको सो फर्कनेछ । तर, यसबारे औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *