३९ लागिन् प्रियंका चोपडा, नेपालका माओवादी द्वन्द्वको असरबारे बनाएकी थिइन् फिल्म – Nepal Press

३९ लागिन् प्रियंका चोपडा, नेपालका माओवादी द्वन्द्वको असरबारे बनाएकी थिइन् फिल्म

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा आजदेखि ३९ वर्ष लागेकी छिन् । उनी पछिल्ला दिनहरुमा लन्डनमा आफ्नो वेबसिरिज सिटाडेलको छायांकनमा व्यस्त छिन् । सो सिरिज भारत, इटाली र मेक्सिकाको ज्वाइन्ट प्रोजेक्ट पनि हो ।

प्रियंका आफ्नो फेसन स्टाइलले चर्चामा रहन्छिन् । कान्स रेडकार्पेट होस् या अस्कर अवार्डको मञ्च, प्रियंकाको आउटफिट सँधै चर्चामा रहने गर्छ ।

जन्मदिनमा पति निक जोनससहित बलिउड तथा हलिउडका अन्य सेलेव्रिटी पनि प्रियंकालाई बधाई दिएका छन् । नेपालमा समेत फ्यान फलोइङ भएकी प्रियंकाले सन् २०१८ मा नेपाली भाषाको फिल्म ‘पाहुना : द लिटल भिजिटर्स’ निर्माण गरेकी थिइन् ।

 

View this post on Instagram

 

A post shared by NICK JONɅS (@nickjonas)

नेपालको माओवादी सशष्त्र द्वन्द्वले विस्थापित भएर भारत पुगेका एक दम्पत्ति र सन्तानको विछोडको कथा पेश गर्ने यो फिल्म नेपाली सिनेमा घरमा समेत रिलिज भएको थियो । टोरन्टो लगायतका अन्तर्राष्ट्रिय फेस्टिभलमा रिलिज भएको यो फिल्मलाई समीक्षकले समेत रुचाएका थिए ।

सन् २००० मा विश्व सुन्दरीको ताज समेत जितेकी प्रियंका बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेत्रीको सूचीमा पर्छिन् । गतवर्ष उनले लेखेको बायोग्राफी पुस्तक ‘अनफिनिस्ड’ न्यूयोर्क टाइम्सको बेस्ट सेलिङ पुस्तकमा समेत परेको थियो ।नेपाली सिनेमा घरमा रिलिज भएका प्रियंकाका फिल्महरुले बक्सअफिस सफलता पनि प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *