सत्तारुढ बनेपछि पहिलोपल्ट कांग्रेस संसदीय दलको बैठक बस्दै – Nepal Press

सत्तारुढ बनेपछि पहिलोपल्ट कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलोपटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा २ बजेपछि बस्ने बैठकमा संघीय संसदका दुवै सदनमा पार्टीका तर्फबाट निर्वाह गर्ने भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेस आजदेखि संसदमा सत्तापक्षको भूमिकामा रहनेछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड देउवा सरकारमा गृहमन्त्री बनेकाले आजको बैठकबाटै नयाँ प्रमुख सचेतकको तय हुनसक्छ ।

कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक तोक्ने उल्लेख छ । प्रमुख सचेतकमा प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य मीन विश्वकर्माको नाम चर्चामा छ ।

सचेतक पुष्पा भूसाल देउवा सरकारमा सम्भावित मन्त्रीको सूचीमा छिन् । सरकारले विश्वासको मत लिएपछि भूसाल उपसभामुख हुनसक्ने चर्चापनि कांग्रेसवृत्तमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर