भीड बढेको भन्दै खोप केन्द्रको संख्यामा वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन – Nepal Press

भीड बढेको भन्दै खोप केन्द्रको संख्यामा वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । खोप केन्द्रमा भीड बढेर संक्रमणको जोखिम बढेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रको संख्यामा वृद्धि गर्न निर्देशन दिएका छन् ।

केन्द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन देउवाले मुख्य सचिव र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन् ।

अहिले मुलुकका ७७ वटै जिल्लामा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप अभियान चलिरहेको छ । काठमाडौंका ४४ वटा केन्द्रमा अहिले खोप अभियान संचालन भैरहेको छ तर भीडभाड भएको जनगुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *