जोसे माउरिन्होको पहिलो खेलमा रोमाले गर्‍यो १० गोल – Nepal Press

जोसे माउरिन्होको पहिलो खेलमा रोमाले गर्‍यो १० गोल

काठमाडौं । नव नियुक्त प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा पहिलो खेल खेलेको एएस रोमाले दोस्रो डिभिजनको मोन्टेकाटिनीविरुद्ध १० गोल गरेको छ । बिहीबार राति प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेल माउरिन्होको नेतृत्वमा पहिलो खेल थियो ।

चेल्सी, म्यानचेस्टर युनाइटेड तथा टोटेनह्यामका पूर्व प्रशिक्षक माउरिन्हो गत महिना रोमाको प्रशिक्षकमा नियुक्त भएका थिए । ११ वर्षपछि इटालियन फुटबलमा फर्किएका माउरिन्होको पहिलो जितमा रोमाका लागि बोर्था मायोरलले ह्याट्रिक गरे ।

रोमाका लागि कार्लेस पेरेज, जियानलुका मान्चिनी, रिकार्डो कालाफियोरी, निकोलो जानियोलो, निकोला जेलेवोस्की र अमाडौ ड्यावराले एकरएक गोल गरे । मायोरलले तीन तथा मोन्टेकाटिनीका लियोनार्दो सान्टीले एक आत्मघाति गोल गरे ।

रोमाले अर्को मैत्रीपूर्ण खेलमा सोमबार टेर्नानासँग खेल्नेछ । यस्तै माउरिन्होको नेतृत्वमा पहिलो प्रतिस्पर्धात्मक खेल भने २२ अगस्टमा फियोरेन्टिनाविरुद्ध इटालियन सिरी एमा खेल्ने छ ।

जोसे माउरिन्हो २०१० मा इन्टर मिलानलाई इटालियन च्याम्पियन बनाएर रियाल मड्रिडको प्रशिक्षक बन्दै स्पेन लागेका थिए । त्यसयता इन्टरले गत सिजन पहिलो पटक इटालियन लिगको उपाधि जितेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर