तनाव कम गरे कपाल फुल्न रोकिन्छ ! – Nepal Press

तनाव कम गरे कपाल फुल्न रोकिन्छ !

काठमाडौं । कहिल्यै तपाईँले तनावले कपाल फुल्छ भन्ने सोच्नु भएको छ ? यदि छ भने कोलम्बिया विश्वविद्यालयको पछिल्लो एक अध्ययनले यसलाई सही प्रमाणित गरिदिएको छ ।

त्यो अध्ययनले एउटा अर्को रोचक सत्य बाहिर ल्याएको छ । कोलम्बिया विश्वविद्यालयको त्यो अध्ययनअनुसार कपाल फुल्नु स्थायी होइन । विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. मार्टिन पिकार्डले बताए अनुसार यो अध्ययनबाट कपाल स्थायी रूपमा फुलेको नहुने र पुरानै अवस्थामा फर्काउन सकिन्छ ।

‘हामीले कुनै पनि विशेष उपचार बिनानै फुलेको कपाल फेरि पुरानै अवस्थामा फर्काउन सकिने पत्ता लगाएका छौं,’ पिकार्डले भनेका छन्, ‘त्यसका लागि मानसिक तनाव कम गर्नु/हटाउनु पर्छ ।’

त्यो अध्ययनबाट वैज्ञानिकले कपालको अवस्था हेरेर मानसिक अवस्था वा तनाव भए/नभएकोसमेत अनुमान गर्न सक्ने डा. पिकार्डले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *