आजदेखि म्याक्स टेलिभिजनमा गुरुङ फिल्म रिलिज हुँदै, पहिलो दिन ‘मैंरिमो’ प्रिमियर – Nepal Press

आजदेखि म्याक्स टेलिभिजनमा गुरुङ फिल्म रिलिज हुँदै, पहिलो दिन ‘मैंरिमो’ प्रिमियर

पोखरा । आजदेखि म्याक्स टेलिभिजनमा गुरुङ फिल्महरुको प्रिमियर सुरु भएको छ । शुक्रबार फिल्म हलमा समेत व्यवसायिक सफलता हासिल गरेको मैंरिमो रिलिज भएको छ ।

कोरोना महामारीको कारण हलहरु बन्द हुँदा दर्शकलाई घरमै बसेर फिल्मको मनोरञ्जन दिलाउन गुरुङ फिल्म वितरक कम्पनी मुनाल फिल्म्स र म्याक्स टिभीले यस्तो सुविधा ल्याएका हुन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष भोजबहादुर गुरुङ र म्याक्स टिभीका अध्यक्ष ध्रुव शर्माले यसबारे जानकारी गराए । अध्यक्ष गुरुङले महामारीको समयमा पनि दर्शकलाई घरमै बसेर फिल्म हेराउन आफूहरुले जमर्को गरेको बताए ।

म्याक्स टिभी अध्यक्ष शर्माले यो प्रयास सफल भए गण्डकी प्रदेशका अन्य भाषिक र व्यवसायिक फिल्मलाई पनि रिलिज गर्ने सोच बनाएको बताए । मैंरिमोपछि गोरे गुरुङको ‘हेर्बै च्ह’ र मनोज गुरुङको गेटपास प्रदर्शन हुने भएका छन् ।

म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा दर्शकले पे–पर–भ्यूको आधारमा ३२५ रुपैयाँ तिरेर फिल्म हेर्न सक्नेछन् । मैंरिमो दिनमा ४ पटक प्रदर्शन हुने भएको छ । दिउँसो १२, अपरान्ह ३, बेलुका ६ र राती ९ बजे सो टाइम राखिएको छ । महामारीको कारण सिनेमा घर बन्द हुँदा जिफानले फिल्म रिलिजको लागि यस्तो व्यवस्था गरेको हो । अध्यक्ष गुरुङले निकट भविष्यमा ओटीटी प्लेटफर्ममा पनि फिल्म रिलिजको तयारी भैरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *