एमाले स्थायी कमिटी बैठक भोलि च्यासलमा बस्ने, माधव पक्षलाई पनि खबर – Nepal Press

एमाले स्थायी कमिटी बैठक भोलि च्यासलमा बस्ने, माधव पक्षलाई पनि खबर

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक साउन १ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले बैठक तय गरेका हुन् ।

सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि बालुवाटारमा एमाले बैठक बस्ने गरेको थियो ।

केन्द्रीय कार्यालयमा ठाउँ साँघुरो भएर च्यासलमा बैठक आयोजना गर्न लागिएको उनले बताए । बैठकमा उपस्थित हुन माधव नेपालसहितका सबै नेताहरुलाई खबर गरिएको तामाङले जानकारी दिए ।

यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो । अध्यक्ष ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् ।

दलको बैठक स्थगित गर्न माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुले आग्रह गरिरहेका बेला अ‍ोलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर