क्यूएफएक्सको दमौली हल निषेधाज्ञा लगत्तै, वीरगञ्जमा दशैंअघि संचालनमा आउने – Nepal Press

क्यूएफएक्सको दमौली हल निषेधाज्ञा लगत्तै, वीरगञ्जमा दशैंअघि संचालनमा आउने

क्यूएफएक्स पर्दा संख्या २९ पुग्यो

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दमौली र वीरगञ्जमा नयाँ आउटलेट स्थापना गरेको छ । निषेधाज्ञा खुले लगत्तै दमौलीको हल संचालनमा आउने र दशैं अगाडिदेखि वीरगञ्जको सुरु हुने क्यूएफएक्सले जनाएको छ ।

क्यूएफएक्स तथा रेगल सिनेमाज्का निर्देशक नकिम उद्दिनले दमौलीको हल तयार भएको र वीरगञ्जको हल तीन महीनामा पुरा हुनेछ । निषेधाज्ञाको कारण निर्माणमा ढिलाइ भएका हलहरुको अहिले धमाधम निर्माण भैरहेको छ ।

दमौलीको एपेक्स मलमा क्यूएफएक्सको फ्रेन्चाइजमा हल खुलेको हो । दुईवटा अडिटोरियम रहेको हलमा झन्डै ३ सय सिट छन् । एउटा अडिटोरियममा थ्रीडी प्रविधि जडान छ । दमौली हलको ९० प्रतिशत निर्माण पुरा भएको छ ।

वीरगंजको हलमा तीनवटा अडिटोरियम रहेको र एउटा हलमा ३६० वटा सिट रहेको जनाइएको छ ।

निषेधाज्ञाअघि क्यूएफएक्सका १२ हल थिए । जयनेपाल र कुमारी हल बन्द भएपछि दुईवटा हल थपिएका छन् । क्यूएफएक्सको पर्दा संख्या २९ पुगेको छ । हल तयार भएपनि कोरोना महामारीको कारण कहिलेदेखि फिल्म हल संचालनमा आउँछन् टुंगो छैन ।

वीरगञ्जस्थित क्यूएफएक्स सिनेमा हल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *