कोटेश्वरमा पुगेर माधव नेपाललाई पनि भेटे विप्लवले – Nepal Press

कोटेश्वरमा पुगेर माधव नेपाललाई पनि भेटे विप्लवले

काठमाडौं । राजनीतिक परिदृश्य परिवर्तन भएसँगै नेकपा अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रमुख पार्टीका शीर्ष नेतृत्वसँगको भेटघाट तीव्र पारेका छन् । हिजोका नेकपा (मोआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार गएर भेटेका नेक्रविक्रम चन्द ‘विप्लव’ले एमाले वरिष्ठ नेता माधव नेपाललाई पनि भेटेका छन् ।

नेपाल सचिवालयका अनुसार विप्लवले बिहीबार विहान उनैकै निवास कोटेश्वर पुगेर भेटघाट गरेका हुन् । नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास गएका विप्लव र नेपालसँग भएको कुराकानीको विस्तृत विवरण भने आइसेको छैन।

तत्कालीन केपी ओली सरकारसँग तीन बुँदे सम्झौता गरेका विप्लवले उक्त सहमति कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन् । बदलिएको परिस्थितिमा एकाएक राजनीतिक भेटभाटमा सक्रिए भएका विप्लवले उक्त सहमति कार्यान्वयनको पनि कुरा उठाएको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर