सरकारले भन्यो : जोन्सन खोपको साइड इफेक्टबारे जानकार छौं, आत्तिनुपर्दैन – Nepal Press

सरकारले भन्यो : जोन्सन खोपको साइड इफेक्टबारे जानकार छौं, आत्तिनुपर्दैन

काठमाडौं । जोन्सन एन्ड जोन्सन खोपमा स्नायु प्रणाली सिथिल हुने (गीयाङ बारे सिन्ड्रोम)को समस्या देखिएको भन्ने अन्तर्राष्ट्रिय संचारमाध्यमको विवरणप्रति सरकारले आफू जानकार रहेको र आत्तिनु नपर्ने जनाएको छ ।

नेपाल पे्रससँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले यो समस्याप्रति मन्त्रालय जानकार रहेको र आत्तिनु जरुरी नरहेको बताए ।

अमेरिकाको औषधि सम्बन्धी नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रिेसन (एफडीए)ले जोन्सन खोपले स्नायु प्रणाली सम्बन्धी जोखिम बढाउन सक्ने चेतावनी दिएको थियो ।

एफडीएको चेतावनीपछि द न्यूयोर्क टाइम्सले अमेरिकाको कूल जनसंख्याको तुलनामा उक्त समस्या विकसित हुने सम्भावना तीनदेखि पाँच प्रतिशत बढी रहेको अधिकारीहरुलाई उध्दृत गर्दै लेखेको थियो ।

अमेरिकामा २८ करोड व्यक्तिले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । जसमध्ये १०० जनामा गीयाङ बारे सिन्ड्रोम देखिएको र ९५ प्रतिशत गम्भीर बिरामी रहेको समेत एफडीएले जनाएको छ ।

शरिरको प्रतिरक्षा प्रणालीले स्नायु सम्बन्धी कोषलाई क्षति पुर्‍याएपछि यसले मांशपेशीलाई कमजोर तुल्याउँछ भने बेला बेलामा पक्षघात पनि हुने गर्छ । अमेरिकाले सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा नेपाल ल्याएको छ । सरकारले साउन ४ गतेदेखि जोन्सन खोप लगाउन सुरु गर्ने भन्दै खोप केन्द्र समेत तोकेको छ ।

प्रतिक्रिया

One thought on “सरकारले भन्यो : जोन्सन खोपको साइड इफेक्टबारे जानकार छौं, आत्तिनुपर्दैन

  1. हाम्रो देश नेपालमा बसोबास गर्ने मानिसहरूको सुरक्षा को सरकारले लिएको भए झन यो खोप लगाउन सजिलो हुन्छ होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *