देउवाको सपथग्रहणमा ओली नजाने – Nepal Press

देउवाको सपथग्रहणमा ओली नजाने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु सपथग्रहण समारोहमा पुगेपनि प्रधानमन्त्री ओली भने शीतलनिवास गएका छैनन् । ओलीनिकट स्रोतका अनुसार अघिल्लोपटक आफ्नो सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली अनुपस्थित भएका हुन् ।

संविधानको धारा ७३ बमोजिम ओलीले प्रधानमन्त्रीको सपथ लिँदा विपक्षी दलको नेता रहेका देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अनुपस्थित थिए ।

देउवाको सपथ समारोहमा जसपा अध्यक्ष महन्थ ठाकुरसमेत उपस्थित छैनन् ।

प्रतिक्रिया

One thought on “देउवाको सपथग्रहणमा ओली नजाने

  1. बैगुनीलाइ गुणले वदला लिनु पर्छ ।
    केपी जी बिचार गर्नुहोस् फेरी र जानुहोस् सफथ ग्रहणमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर