माधव नेपाललाई १० बुँदे सहमति बुझाउन एमाले वार्ता टोली कोटेश्वरमा – Nepal Press

माधव नेपाललाई १० बुँदे सहमति बुझाउन एमाले वार्ता टोली कोटेश्वरमा

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकताका लागि गठित वार्ता टोलीका नेताहरु १० बुँदे सहमति बरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाउन कोटेश्वर पुगेका छन् ।

आइतवार राति कार्यदलका सदस्यहरुले हस्ताक्षर गरेको सहमतिप्रति माधव नेपाल असन्तुष्ट छन् । नेपालसहितको स्थायी कमिटी बैठकबाट सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला कार्यदलका सदस्यहरु नेपाललाई भेट्न गएका हुन् ।

कार्यदलमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले दश बुँदे सहमतिको बारेमा माधव नेपाललाई जानकारी गराउन आफूहरु गएको बताए ।

यसअघि कार्यदलका माधव नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाएका थिए ।

आजै अपरान्ह १ बजे एमाले स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकमा माधव पक्षका नेताहरुको सहभागिताका बारेमा सो समूहमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर