एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला – Nepal Press

एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला

काठमाडौं । संसद विघटन बदर तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसहितको सर्वोच्चको फैसलाको विरोधमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

अहिले साँझ बानेश्वरमा भेला भएका कार्यकर्ता तथा भ्रातृ संगठनका युवाहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाएका छन् ।

आदेशको लगत्तै युवा नेता महेश बस्नेतको आव्हानमा युवा संघले प्रदर्शन गरेको थियो । बस्नेतले सो क्रममा प्रधानन्यायाधीश आफैं प्रधानमन्त्री बन्ने डिजाइनका साथ सेटिङमा यो फैसला आएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर