१५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अमेरिकादेखि सोमबार काठमाडौं आइपुग्ने – Nepal Press

१५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अमेरिकादेखि सोमबार काठमाडौं आइपुग्ने

काठमाडौं । कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भटट्राईले यस्तो जानकारी दिएका हुन् । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले उपहारमा दिन लागेको जनाइएको छ ।

गत महीना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *