हृतिक र दीपिका स्टारर ‘फाइटर’ घोषणा, बलिउडमा पहिलो एरियल एक्सन फ्रेन्चाइज बन्ने – Nepal Press

हृतिक र दीपिका स्टारर ‘फाइटर’ घोषणा, बलिउडमा पहिलो एरियल एक्सन फ्रेन्चाइज बन्ने

मुम्बई । निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’मा हृतिक रोशन र दीपिका पादुकोणले जोडी बाँध्ने भएका छन् ।

भारतीय फिल्ममा पहिलोपटक आकाशमा द्वन्द्वको दृश्य छायांकन समावेश गरिने जनाइएको छ । एरियल एक्सन फ्रेन्चाइजको रुपमा यसलाई निर्माण गरिने निर्देशक आनन्दले जनाएका छन् ।

सिद्धार्थले यसअघि हृतिक र टाइगर श्राफलाई लिएर फिल्म वार निर्देशन गरेका थिए । हृतिकको जन्मदिनमा यसवर्ष फिल्मको घोषणा गरिएको थियो । दीपिका पनि समावेश हुने भएपछि यो प्रोजेक्ट प्रतीक्षित बनेको छ ।

भायकम-१८ स्टुडियोले निर्माण गर्ने फिल्ममा आधुनिक प्रविधिको प्रयोग हुने र विश्वका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ । सन् २०२२ को सुरुआतमा फिल्म छायांकनमा जाने तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *