बैंकिङ कसुर मुद्दामा फिल्म निर्देशक एवं निर्माता शिशिर राणा पक्राउ – Nepal Press

बैंकिङ कसुर मुद्दामा फिल्म निर्देशक एवं निर्माता शिशिर राणा पक्राउ

१० दिन कैद र ४५ लाख जरिवानाको सजाय

काठमाडौं । फिल्म निर्देशक एवं निर्माता शिशिर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनलाई बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो ।

ललितपुरको कुपण्डोलमा बसोबास गर्ने राणालाई यसअघि १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर भएपनि फरार भएको भन्दै पक्राउ गरिएको व्यूरोद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

२०७६ सालमा उनले घरव्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्न ऋण लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिहरुलाई रकम नभएको भन्ने जानी जानी झुक्याकनमा पारी नविल बैंकको चेक दिएको र चेक बाउन्स गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

हेर्नूस विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *