सुदूरपश्चिमको आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित, कांग्रेस र जसपा मौन – Nepal Press

सुदूरपश्चिमको आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित, कांग्रेस र जसपा मौन

कैलाली । सुदूरपश्चिम प्रदेशको ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट उक्त अध्यादेश पारित भएको हो ।

अध्यादेश पारित नहुँदै पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेशसभामा पेश गरेको थियो । शुक्रबार प्रदेशसभा बैठकमा पेश भएको अध्यादेश आइतबार पारित भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेशसभा नियमावली २०७४ को नियम ९५ को उपनियम ४ अनुसार अध्यादेश स्वीकृत गर्न प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए ।

अध्यादेश सभामुख अर्जुन बहादुर थापाले निणयार्थ प्रस्तुत गर्दा एमाले र माओवादीका प्रदेशसभा सदस्यहले ‘हुन्छ’ भनेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद मौन बसेका थिए ।

प्रदेश सभामा एमालेका २५, माओवादीका १३ कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर