देउवाको ढाडस : माधव नेपाल लडाकु मित्र हो, उहाँलाई कुनै धोका हुँदैन – Nepal Press

देउवाको ढाडस : माधव नेपाल लडाकु मित्र हो, उहाँलाई कुनै धोका हुँदैन

राष्ट्रपतिभन्दा भन्दा बढी केपी ओलीको कार्यकर्ता बन्नुभयो

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा विपक्षी गठबन्धनका नेता शेरवहादुर देउवाले राष्ट्रपतिले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् ।

पत्रकारसँग शनिवारको अन्तरक्रियामा बोल्दै देउवाले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने बताए ।

उनले भने : अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गरिदिनुपर्यो नि । राष्ट्रपतिले आव्हान गर्नुभो, हामीले बहुमत सहित दावी गर्यौ । राष्ट्रपतिलाइ समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो । को कता छ भनेर सोधेको भए हुने । तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाको छ नि, पार्लियामेन्टमा परेड गरायको भए नि हुन्थ्यो ।

देउवाले राष्ट्रपतिको चर्को आलोचना गर्दै पदीय मर्यादा समेत नराखी ओलीको कार्यकर्ता बनेको आरोप लगाए । उनले ओली लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी हुन् भन्दै आफूलाई बेकारमा अ‍ोलीसँग मिलेको आरोप लगाइएको बताए ।

देउवाले भने : राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन, अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको हो ।

सभापति देउवाले अदालतले आफूलाई नै प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गरे । उनले भने- अदालतले शेरबहादुरलाई प्रधानमन्त्री बनाएर १ महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास छ ।

अर्को प्रसंगमा देउवाले माधव नेपालको प्रशंसा गर्दै उनीमाथि धोका नहुने डाडस दिए । नेपाललाई अोली पक्षबाट प्रधानमन्त्रीको अफर आएको सन्दर्भमा उनले माधव नेपाल लडाकु मित्र भएको बताए । उनले भने- माधवजी लडाकु मित्र हो । उहालाई पनि कुनै धोका हुदैन । उहाकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर