लुम्बिनी प्रदेशसभा : आज पनि बैठक स्थगित – Nepal Press

लुम्बिनी प्रदेशसभा : आज पनि बैठक स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । दिउँसो बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो ।

आठौं अधिवेशनको १०औं बैठक विशेष कारणले स्थगित भएकोले सभामुखको निर्देशनअनुसार असार २७ गते दिउँसो १ बजे बोलाइएको सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

यसअघि असार १ गते प्रस्तुत बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेशसभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि बोलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर